Share on:

साफ यु-१७ च्याम्पियनसिप : नेपालले श्रीलंकासँग खेल्दै
September 15th, 2025

काठमाडौँ । साफ यु-१७ च्याम्पियनसिप अन्तर्गत आज नेपालले उद्घाटन खेलमा आयोजक श्रीलंकाको सामना गर्दैछ । 


कोलोम्बो रेसकोर्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ बजेदेखि शुरु हुने छ । 


सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यु–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ ।


त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । नेपालले दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ । समुह चरणका खेलपछि शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।


Swadesh Maharjan | September 15th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya