Share on:

भ्यालेन्सियामाथि बार्सिलोनाको एकपक्षीय जित
September 15th, 2025

बार्सिलोनाले स्पेनी ला लिगामा भ्यालेन्सियामाथि आइतबार एकपक्षीय ६–० को जित रचेको छ । यस जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दूरी दुई अंकमा छोट्याएको छ ।


रियलको चार खेलबाट अधिक्तम १२ अंक छ भने बार्सिलोना १० अंकमा दोस्रो स्थानमा छ । यससँगै फेरि एकपल्ट उपाधिको होड यिनै दुई परम्परागत टिमबीच चल्ने स्पष्ट भएको छ ।


बार्सिलोनाको यो जितमा राफिन्हा, रोबर्ट लेवनडोस्की र फेरमिन लोपेजले दुई दुई गोल गरे । त्यसमध्ये लोपेजले २९ र ५६, राफिन्हाले ५३ र ६६ तथा लेवनडोस्कीले भने ७६ र ८६ औं मिनेटमा गोल गरेका हुन् ।


Swadesh Maharjan | September 15th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya