Share on:

डेम्बेले जिताए पीएसजीलाई
April 4th, 2026

ओसमन डेम्बेलेले पहिलो हाफमा दुई उत्कृष्ट गोल पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेल लिग वानमा शुक्रबार टुलोजलाई ३–१ ले पराजित गरेको छ । यो जितपछि उसले शीर्षमा चार अंकका अग्रता लिएको छ र उपाधितर्फ उन्मुख रहेको छ ।


यो जितपछि पीएसजीको २७ खेलबाट ६३ अंक भएको छ । उसको पछाडि लेन्स समान खेलबाट ५९ अंकमा दोस्रो स्थानमा छ । टुलोज भने ३७ अंकमा नवौं स्थानमा रह्यो ।


डेम्बेलेले २३ र ३३ मिनेटमा गोल गरे । त्यसमध्ये पहिलो गोल उत्कृष्ट रहेको थियो । त्यसबीच टुलोजका लागि रसमस निकोलसेनले २७ औं मिनेटमा एक गोल फर्काए ।  


दोस्रो हाफको इन्ज्युरी समयमा गोन्जालो रामोसले तेस्रो गोल गरे र पीएसजीको तीन अंक निश्चित भएको थियो ।


Swadesh Maharjan | April 4th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya