
ह्युगो डुरोले दोस्रो हाफमा गरेको निर्णायक गोलको मदतले भ्यालेन्सियाले स्पेनी ला लिगामा शुक्रबार राति लेभान्टेलाई १–० ले पराजित गरेको छ ।
मेस्टाला रंगशालामा भएको खेलमा डुरोले ७९ औं मिनेटमा गोल गरे । खराव प्रदर्शनबाट गुज्रिरहेको भ्यालेन्सियाका लागि यो जित ठूलो राहतपूर्ण रहेको छ ।
भ्यालेन्सियाको १३ खेलबाट १३ अंक भएको छ र १५ औं स्थानमा छ । लेभान्टे भने नौ अंकमा १९ औं स्थानमा रहेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]