
मेसन ग्रिनउडको दुई गोलको मदतले मार्सेले फ्रान्सेली लिग वानमा शुक्रबार राति निसलाई ५–१ ले पराजित गरेको छ । यससँगै मार्से अंक तालिकाको शीर्षमा उक्लेको छ ।
यो जितपछि उसको १३ खेलबाट २८ अंक भएको छ र यो अग्रता दुई दिनका लागि मात्र हुन सक्नेछ । पेरिस सेन्ट जर्मेन (पीएसजी) को १२ खेलबाट २७ अंक छ र दोस्रोमा छ ।
पीएसजीले आइतबार ले हार्भेको सामना गर्दैछ र त्यसमा जितेर फेरि शीर्ष स्थानमा फर्कन सक्नेछ ।
एलिनाज रिभिएरामा भएको खेलमा मार्सेका लागि पिएरे एमरिक अबामेयोङ, टिमोथी वेह र इगो पाइसोले एक एक गोल गरे । निस भने १३ खेलबाट १७ अंकमा नवौं स्थानमा रहेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]