Share on:

इंग्ल्यान्डले काट्यो विश्वकपको टिकट
October 15th, 2025

इंग्ल्यान्ड विश्वकप २०२६ मा छनोट हुने पहिलो युरोपेली देश भएको छ । यो उपलब्धी चुम्न उसले मंगलबार रिगामा भएको खेलमा लात्भियामाथि सजिलो ५–० को जित हात पार्‍यो । 


त्यसमा एकपल्ट फेरि ह्यारी केन नायक रहे । उनले दुई गोल गरे र त्यसमध्ये दोस्रो गोल पेनाल्टीबाट भएको थियो । यस्तै एन्टोनी गोर्डेन र इबेरेची इजीले पनि एक एक गोल गरे । अर्को एक गोल भने आत्मघाती रह्यो ।


यो जितपछि इंग्ल्यान्ड युरोपेली छनोटको समूह ‘के’ को शीर्षमा रहने निश्चित भएको छ । उसले छनोटमा दुई खेल बाँकी छँदै विश्वकपको अन्तिम चरणमा प्रवेश गर्न सफल भएको हो । 


Swadesh Maharjan | October 15th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya