भारतले वेस्ट इन्डिजविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट मंगलबार सात विकेटले जितेको छ । यस जितसँगै दुई टेस्टको सिरिज २–० ले जितेर भारतले क्लिन स्विप पनि गरेको छ । नयाँ दिल्लीको अरुण जेट्ली स्टेडियममा भारतले जितका लागि १ सय २१ रनको लक्ष्य पाएको थियो ।
त्यसलाई पाँचौ दिन विहानको सत्रमा थप एक विकेट गुमाएर हात पारेको थियो । खेल समाप्त हुँदा भारत तीन विकेट गुमाएर १ सय २४ रनको स्थितिमा रह्यो र त्यसमा ओपनर केएल राहुल ५८ रन बनाएर नटआउट रहे । आउट हुने एक मात्र ब्याटर साइ सुदर्शनले ३९ रन बनाए ।
भारतले पहिलो इनिङ्समा आठ विकेट गुमाएर ५ सय १८ रन बनाएपछि वेस्ट इन्डिजले जवाफमा २ सय ४८ रन बनाएको थियो । त्यसपछि फलो–अनमा परेको पाहुना टिमले र ३ सय ९० रन बनाएर भारतलाई जितका लागि ब्याटिङमा ओर्लिन बाध्य पारेको थियो ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]