नेपालले मंगलबार एसियाकप छनोटको तेस्रो चरणमा लगातार चौथो हार बेहोरेको छ । नेपाल हो चि मिनको थोङ न्हाट स्टेडियममा भएको खेलमा भियतनामको हातबाट १–० ले पराजित रह्यो । चार खेलबाट शून्य अंकसहित नेपाल समूह ‘एफ’ को चार टिममध्ये पुछारमा छ । खेलको एक मात्र गोल भने आत्मघाती रह्यो र यो सुमन श्रेष्ठको नाममाा रह्यो ।
उनले खेलको पाँचौं मिनेटमा बललाई आफ्नै पोस्ट दिशा दिएका हुन् । यो हारले छनोटमा नेपालको चुनौती समाप्त भएको छ । यसअघि नेपाल भियतनामविरुद्ध पछिल्लो साता भएको खेलमा ३–१ ले पराजित भएको थियो । दशरथ रंगशाला फिफा र एएफसीका खेलका लागि अयोग्य भएपछि नेपालले आफ्नो घरमा खेल्नु पर्ने खेल भियतनाममा खेलेको हो ।
यही समूहको अर्को खेलमा मलेसियाले लाओसलाई ५–१ ले हरायो । मलेसियाको भने यो लगातार चौथो जित हो र टिम १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । त्यसपछि भियतनाम नौ अंकमा दोस्रो स्थानमा छ । लाओस तीन अंकमा तेस्रो स्थानमा रहेको छ ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]