Share on:

फेलिक्स चम्किँदा नासरको शानदार जित
March 15th, 2026

काठमाडौं। साउदी प्रो लिग अन्तर्गत २६औं साताकाे खेलमा  अल नासरले अल खलिजमाथि प्रभावशाली जित निकालेको छ।


शनिबार राति खलिजकाे घरेलु मैदानमा सम्पन्न खेलमा अल नासर ५-० ले विजयी भयाे। यो जितसँगै नासरले २६ खेलबाट ६७ अंक पुर्‍याउँदै शीर्ष स्थान कायम राखेको छ। समान खेलबाट ६४ अंक रहेको अल हिलाल दोस्रो स्थानमा रहेको छ।


खेलको ३०औँ मिनेटमा अब्दुल्लाह अल–हमदानले गोल गर्दै अल नासरलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफको ५४औँ मिनेटमा ऐमान यह्याले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।


७३औँ मिनेटमा जोआओ फेलिक्सले गोल थप्दै नासरलाई अझ बलियो स्थितिमा पुर्‍याए। उनले ७९औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे।


इन्जुरी समयमा अर्थात् ९१औँ मिनेटमा एन्जेलो गाब्रिएलले अर्को गोल थप्दै अल नासरको जित ५-० काे अझ फराकिलो बनाए।


Swadesh Maharjan | March 15th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya