
काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत जावलाखेल युथ क्लबले शानदार पुनरागमन जित दर्ता गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा जावलाखेलले काक्रेबिहार क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
जावलाखेलको जितमा निकोलसले दुई गोल गर्दा बुबाकार र विकास दर्लामीले समान एक–एक गोल गरे। यता काक्रेबिहारका लागि दिपेन्द्र छुनाराले गरेको गोल सान्त्वनामा सीमित बन्यो।
खेलको छैटौं मिनेटमा दिपेन्द्र छुनाराको गोलबाट काक्रेबिहार क्लबले सुरुआती अग्रता बनाएको थियो। तर त्यसको १० मिनेटपछि जावलाखेल युथ क्लबका बुबाकारले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा ५०औं मिनेटमा निकोलसले गोल गर्दै जावलाखेललाई २–१ को अग्रता दिलाए। त्यसपछि ६४औं मिनेटमा विकास दर्लामीले अर्को गोल थपे। इन्जुरी समयको चौथो मिनेटमा निकोलसले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेलको ४–१ को शानदार जित सुनिश्चित गरे।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]