Share on:

डाइच आएयता फरेस्टको विजयी सुरुआत
October 24th, 2025

नयाँ प्रशिक्षक आएयता विजयी सुरुआत । नटिङघम फरेस्टले बिहीबार युरोपा लिगमा यस्तै अवसर आत्मसात् गर्‍यो । सिन डाइचले क्लब सम्हालेयता फरेस्टले युरोपा लिगमा जोसे मोउरिन्होको पोर्टोलाई २–० ले हराएको छ । दुवै गोल पेनाल्टीमा भएका थिए ।


त्यसमध्ये मोर्गन गिब्स–ह्वाइट र इगोर जेससले प्रत्येक हाफमा एक एक गोल गरे । लगातार खराव प्रदर्शन गरिरहेको फरेस्टका लागि यो ठूलो राहतको उपलब्धीका रूपमा आएको छ । अर्को इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्ला भने उत्तिकै भाग्यमानी रहेन् ।


उसलाई गो अहेड इगल्सले २–१ ले हरायो । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगितामा डेनमार्कको मिथिल्यान्ड शीर्षमा रहेको छ । उसले अर्को खेलमा मकाबी टेल अभिभलाई ३–० ले हरायो । मिथिल्यान्डसँगै एससी ब्राग र लियोन तीन खेलाबाट नौ अंकसहित लिग तालिकामा अगाडि रहेका छन् ।


Swadesh Maharjan | October 24th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya