Share on:

गेटाफेले रोक्यो भालेकानोलाई बराबरीमा
January 3rd, 2026

माउरो अरामबारीले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा गरेको गोलको मदतले गेटाफेले शुक्रबार राति स्पेनी ला लिगामा रायो भालेकानोलाई १–१ को बराबरीमा रोकेको छ ।


भालेकानोले आफ्नो घरेलु मैदानमा जार्गे डे फ्रुटोसको गोलले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता लिएको थियो । तर उसले अन्तिम क्षणमा त्यसलाई कायम राख्न सकेन् ।


अरामबारीले अन्तिम क्षणतिर गोल गर्दै गेटाफलाई एक बहुमूल्य अंक दिलाए । यो नतिजापछि गेटाफे २१ अंकमा दसौं स्थानमा रह्यो भने भालेकानो १९ अंकमा १२ औं स्थाना रह्यो ।  


भालेकानो रेलिगेसन क्षेत्रबाट चार अंकले मात्र अगाडि रहेको छ ।


Swadesh Maharjan | January 3rd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya