Share on:

मिलान फेरि अगाडि
January 3rd, 2026

राफेल लिओले दोस्रो हाफमा गरेको निर्णायक गोलको मदतले एसी मिलानले शुक्रबार राति इटालीको सिरी ए मा कागलिरीलाई १–० ले हराएको छ । यो जितले मिलानलाई फेरि शीर्ष स्थानमा पुर्‍याएको छ ।


लिओले खेलको ५० औं मिनेटमा एक मात्र गोल गरेका हुन् । यो नतिजाले उपाधि होडमा रहेका इन्टर मिलान र नेपोलीमाथि पनि दबाब सिर्जना गरेको छ । इन्टरसामु मिलानलाई उछिन्ने अवसर पनि हुनेछ ।


मिलानको १७ खेलबाट ३८ अंक भएको छ र यो शीर्षमा दुई अंकको अग्रता मात्र हो । उसको पछाडि इन्टरको ३६ र नेपोलीको ३४ अंक छ । अब आइतबारको खेलमा नेपोलीले लाजियो र इन्टरले बोलोग्नाको सामना गर्दैछ ।


Swadesh Maharjan | January 3rd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya