Share on:

इन्टरको लगातार चौथो जित
November 6th, 2025

इन्टर मिलानले युरोपेली च्याम्पियन्स लिगमा बुधबार लगातार चौथो जित हात पारेको छ र यससँगै १२ अंकमा शीर्ष तीनभिक्र रह्यो । इन्टरसँगै बायर्न म्युनिक र आर्सनल अधित्तम १२ अंक बटुलेर लिग तालिकाको अगाडि रहेका छन् ।


यसका लागि इन्टरले काइराट आल्माटीलाई २–१ ले हराएको हो । त्यसमा कार्लोस अगुस्टोले निर्णायक गोल गरे । म्यानचेस्टर सिटीले भने आफ्नो अपराजित याक्रा कायम राख्ने त्रममा बोरुसिया डर्टमुन्डलाई ४–१ ले हरायो । उसको दस अंक भएको छ र चौथो स्थानमा छ ।  


सिटीको जितमा फिल फोडेनले दुई गोल गरे भने इर्लिङ हालान्डले आफ्नै पूर्व क्लबविरुद्ध एक गोल गरे । बार्सिलोना भने क्लब ब्रुगको हातबाट ३–३ को बराबरीमा रोकियो । उसले तीन पल्ट पछाडि रहेको स्थितिबाट बराबरी खेलेको हो ।


अन्य खेलमा न्युकासल युनाइटेडले एथलेटिको बिलबाओलाई २–० ले हरायो र नौ अंकमा छैटौं स्थानमा उक्लिन सफल रह्यो । यस्तै पाफोसले भिल्लारियललाई १–०, गालाटासारेले आयाक्सलाई ३–०, बायर लेभरकुजनले बेनफिकालाई १–० र एटलान्टाले मार्सेलाई १–० ले हरायो । चेल्सी र कोरााबागले भने २–२ को बराबरी खेले ।


Swadesh Maharjan | November 6th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya