पोर्चुगलका लिभरपुल फरवार्ड डिएगो जोटाबारे एउटा नयाँ तथ्य खुलेको छ र त्यो हो, उनी इंग्लिस प्रिमियर लिग क्लब छाडेर आफ्नो पुरानो क्लब एफसी पोर्टो जान चाहन्थे । गत साता गाडि दुर्घटनामा जोटाको निधन भएको थियो । दुर्घटनामा उनका भाई पनि परेका थिए ।
अब त उनीहरूको अन्त्यष्टि कार्यक्रम पनि भइसकेको छ । त्यसै कार्यक्रममा उपस्थित मध्ये एक थिए, पोर्टो क्लबका अध्यक्ष आन्द्रे भिलास–बोए । उनका अनुसार गाडि दुर्घटनामा पर्नु अगाडि जोटाले आफू पोर्टो फर्किन चाहेको बताएपछि क्लबले त्यसका लागि प्रक्रिया पनि सुरु गरेको थियो ।
सने २०१६–२०१७ को सिजन जोटाले पोर्टोकै लागि खेलेका थिए । त्यति बेला एटलेटिको म्याड्रिडले उनलाई ऋणमा पोर्टो पठाएको थियो । अहिलेका क्लब अध्यक्ष भिलास–बोएले कुनै समय टोटनहमको प्रशिक्षक पद सम्हालेका थिए ।
अन्त्यष्टिमा बोल्ने क्रममा भिलास–बोएले भनेका थिए, ‘जोटा जत्तिको प्रतिभाशाली खेलाडीलाई यति कम उमेरमा गुमाउनुको पीडा अथाह छ । सन् २०२६ सम्म उनी पोर्टो फर्कन चाहन्थे ।’
उनले थपे, ‘हामीले यसका लागि कुराकानी पनि चलाएका थियौं । तर अब यो कहिले पनि पूरा हुने छैन् । उनी साँच्चै पोर्टो फर्केको भए, यो क्लब समर्थकका लागि असाध्यै धेरै उत्साहको कुरा हुने थियो ।’
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]