Share on:

लिड्स र एभरटनले अंक बाँडे
January 27th, 2026

इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटन र लिड्स युनाइटेडले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । हिल डिकिन्सन स्टेडियममा लिड्सले जेम्स जस्टिनको गोलले २८ औं मिनेटमा अग्रता लिएको थियो, तर अन्त्यमा त्यसलाई कायम राख्न सकेन् ।


खेलको ७६ औं मिनेटमा लयमा रहेका फ्रान्सेली खेलाडी थिएर्नो बारीले एभरटनाका लागि बराबरी गोल फर्काए र दुवै टिम एक एक अंक बटुल्न सफल रहे । पछिल्ला पाँच खेलमा बारीको यो चौथो गोल हो ।


यो नतिजाले एभरटन ३३ अंकमा दसौं स्थानमा रह्यो भने लिड्स भने २६ अंकमा १६ औं स्थानमा छ । लिड्स रेलिगेसन क्षेत्रबाट छ अंक मात्र अगाडि छ ।


Swadesh Maharjan | January 27th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya