Share on:

जावलाखेललाई हराउँदै मच्छिन्द्र दोस्रो स्थानमा
March 8th, 2026

काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत आइतबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले जावलाखेल युथ क्लबलाई पराजित गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न प्रतिस्पर्धामा मच्छिन्द्रले जावलाखेललाई २–० ले पराजित गरेको हो।


यस जितसँगै मच्छिन्द्रले आठ खेलबाट १९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।


मच्छिन्द्रको जितमा विदेशी खेलाडी जोनाथन इडुआरडो नायक बने। उनले खेलको ३३औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको अन्तिम मिनेटमा अर्को गोल थप्दै व्यक्तिगत दुई गोल पूरा गरे र मच्छिन्द्रको जित पक्का गरे।


मच्छिन्द्रको यो छैटौं जित हो।


Swadesh Maharjan | March 8th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya