Share on:

मानेको गोलले अल नासर विजयी
February 3rd, 2026

काठमाडौं। साउदी प्रो लिग अन्तर्गतको खेलमा साडियो मानेको निर्णायक गोलमा अल नासरले अल रियाधलाई १–० ले पराजित गरेको छ। 


सोमबार राति सम्पन्न खेलको ४०औँ मिनेटमा मानेले गोल गर्दै टिमलाई जित दिलाए।


इन्जुरी समयमा अल रियाधका तोजेले रातो कार्ड पाउँदा पाहुना टोली १० खेलाडीमा सीमित रह्यो। 


जितसँगै अल नासर १९ खेलबाट ४६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट ४७ अंकसहित अल हिलाल शीर्ष स्थानमा छ, जसले पछिल्ला तीन खेलमा जित निकाल्न सकेको छैन।


Swadesh Maharjan | February 3rd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya