
इन्टर मिलानले इटालीको सिरी ए को शीर्ष स्थानमा आइतबार आठ अंकको अग्रता लिएको छ र यसका लागि उसले क्रेमोन्सेलाई सजिलै २–० ले पराजित गरेको छ । यो जितले इन्टरको ५५ अंक भएको छ ।
उसको पछाडि एसी मिलानको ४७, नेपोलीको ४६ र युभेन्ट्सको ४५ अंक छ । सानसिरोमा भएको खेलमा इन्टरका लागि लउटारो मार्टिनेज र पिटर जेलन्स्कीले एक एक गोल गरे ।
अब इन्टरलाई उपाधि जित्नबाट रोक्न अन्यलाई गाह्रो हुन सक्ने छ । आइतबारको अर्को प्रमुख खेलमा युभेन्ट्सले पार्मामाथि ४–१ को प्रभावशाली जित निकाल्न सफल रह्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]