
रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा नौ खेलाडीमा सीमित रायो भालेकानोलाई २–१ ले पराजित गरेको छ । यो जितले रियलको ५४ अंक भएको छ र यो शीर्षमा रहेको बार्सिलोनासँग एक अंकको दूरी मात्र हो ।
बर्नाबाउमा भएको खेलमा केयलियन एमबापेले दोस्रो हाफको इन्ज्युरी समयमा पेनाल्टीबाट निर्णायक गोल गरे । रियलले भिनियस जुनियरको गोलले अग्रता लिएपछि जोर्गे ड फ्रुटोसले भालेकानोका लागि बराबरी गोल फर्कार्ए ।
लिगको आइतबार भएका अन्य खेलमा रियल बेटिसले भ्यालेन्सियालाई २–१ ले पराजित गरेको छ भने गेटाफे र सेल्टा भिगोले गोलरहित तथा एथलेटिको बिलबाओ र रियल सोसिडाडले १–१ को बराबरी खेलेका छन् ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]