Share on:

सिटीको बराबरी भिल्लाको हार
February 2nd, 2026

इंग्लिस प्रिमियर लिगमा उपाधिको होडमा रहेका म्यानचेस्टर सिटी र एस्टन भिल्लाले आइतबार खराव नतिजा बेहोरेका छन् । टोटनहमले सिटीलाई २–२ को बराबरीमा रोकेको हो । पहिलो हाफमा दुई गोलको अग्रता लिएर पनि सिटीले त्यसलाई कायम राख्न सकेन् ।


पहिलो हाफमा रायन चेर्की र एन्टोन सेमेन्योले गोल गरेका थिए । दोस्रो हाफमा डोमिनिक सोलन्केले टोटनहमका लागि दुई गोल फर्कार्ए । यस्तै भिल्ला पनि ब्रेन्टफोर्डको हातबाट १–० ले पराजित भयो । आर्सनल ५३ अंकमा शीर्ष स्थानमा छ ।


त्यस पछाडि सिटीको ४७ र भिल्लाको ४६ अंकमा रहे । चौथो स्थानमा आफ्नो पकड बलियो बनाउन म्यानचेस्टर युनाइटेड भने फुलहमलाई ३–२ ले हरायो । यस्तै नटिंघम फरेस्ट र क्रिस्टल प्यालेसले १–१ को बराबरी खेलेका छन् ।


Swadesh Maharjan | February 2nd, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya