Share on:

राष्ट्रिय लिगमा आज दुई खेल हुँदै
March 11th, 2026

काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत आज पनि दुई खेल आयोजना हुँदैछन्।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा न्यूरोड टिम (एनआरटी) ले लालीगुँरास एसोसिएसन क्लबसँग खेल्नेछ।


यो खेल दिउँसो १२स्१५ बजेबाट सुरु हुनेछ। जारी लिगमा ९ खेल खेलेको लालीगुँरासको १९ अंक रहेको छ भने समान ९ खेल खेलेको एनआरटीको १८ अंक रहेको छ। दुवै टोली जित निकाल्दै तालिकामा आफ्नो स्थान मजबुत बनाउने लक्ष्यमा रहनेछन्।


आजै हुने दोस्रो खेलमा दिउँसो ४ बजे जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुनेछन्।


जारी लिगमा ८ खेल खेलेको जावलाखेलको ९ अंक रहेको छ। यता ७ खेल खेलेको सातदोबाटो युथ क्लब ६ अंकसहित तालिकाको १५औँ स्थानमा रहेको छ।


Swadesh Maharjan | March 11th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya