कसैले क्लब वर्ल्डकप २०२५ को सेमिफाइनलमा रियल म्याड्रिड जत्तिको टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) को हातबाट ४–० ले पराजित हुन्छ भनेको भए, त्यो अप्रत्याउनै गाह्रो हुने थियो । तर बिहीबार यस्तै भएको छ, न्युयोर्कका मेट लाइफ स्टेडियममा भएको खेलमा ।
यो नतिजाले देखाउँछ, युरोपेली च्याम्पियन्स लिग विजेता टिम पीएसजी साँच्चै कति धेरै बलियो छ भनेर । यसको ठीक विपरित रियल अहिले त्यस्तो टिम नरहेको प्रस्ट भएको छ, जस्तो यसअघि थियो । अबको सिजन रियललाई गाह्रो हुने सम्भावनाहरू देखिन थालेका छन् ।
पीएसजीकै जितमा फर्कने हो भने त्यसमा फाबिन रुइजले दुई गोल गरे, ६ र २४ औं मिनेटमा । ओसमन डेम्बेलाले नवौं मिनेटमा अर्को एक गोल पनि गरे । त्यसको सुरुआती दस मिनेटको खेल भित्र नै रियल धेरै पछाडि परिसकेको थियो । गोन्जालो रामोसले ८७ औं मिनेटमा चौथो गोल गरे ।
अब फाइनलमा पीएसजी र चेल्सी भिड्ने छन् । त्यसमा पनि पीएसजीनै बलियो प्रत्यासी रहनेछ । उसका लागि यो सिजन साँच्चै शानदार रह्यो । पीएसजीले फ्रान्सेली लिग र कपसँगै पहिलो पटक च्याम्पियन्स लिग पनि जितेको थियो । अब उसको सामु क्लब वर्ल्डकप जित्ने बलियो अवसर जुरेको छ ।
Comments
No comments yet.
Top Headlines
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]