Share on:

ग्यास्कोइन अस्पतालबाट घर पुगे
July 23rd, 2025

इंग्ल्यान्डका पूर्व स्टार खेलाडी पउल ग्यास्कोइन मंगलबार अस्पतालबाट छुट्टी लिएर घर पुगेका छन् । उनको उपचार अब घरमै हुनेछ । गत शुक्रबार उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई त्यहाँ आईसीयूमा राखिएको थियो ।

ग्यास्कोइनलाई उनका एक साथीले घरमै अचेत अवस्थामा भेटाएका थिए । अहिले उनको स्वास्थ्य स्थिति सुधारतर्फ उन्मुख रहेको बताइएको छ । उनी अहिले ५८ वर्षका भएका छन् र समय समयमा स्वास्थ्यमा समस्या आइरहने गर्छ ।

इंग्ल्यान्डका लागि उनले कुल ५७ क्याप जिते र आफ्नो समयका सबैभन्दा ठूला फुटबल स्टार थिए । तर आफ्नो खेल जीवनमा उनी मदिरा पिउने बानीबाट सधैं समस्यामा रहे । यसले नै उनको उज्ज्वल खेल जीवन ध्वस्त पारेको थियो ।

सन् १९९८ मा इटालीमा भएको विश्वकपमा इंग्ल्यान्ड सेमिफाइनलसम्म पुगेको थियो र उनी त्यस टिमका प्रमुख खेलाडी थिए ।


Swadesh Maharjan | July 23rd, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya