
काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत सोमबार सम्पन्न खेलमा सशस्त्र प्रहरी बल ९एपीएफ० क्लब र प्लानिङ ब्वाइज युनाइटेड बराबरीमा रोकिएका छन्।
त्रिपुरेश्वस्थित दशरथ रंगशाला मा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो। पहिलो हाफमा अग्रता बनाएको एपीएफले दोस्रो हाफमा जोगाउन सकेन।
खेलको २२औँ मिनेटमा एपीएफका युवराज खड्काले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। तर ६०औँ मिनेटमा प्लानिङ ब्वाइजका यालेक्स विलियानेले बराबरी गोल फर्काएपछि खेल १–१ मा टुंगियो।
यस बराबरीसँगै एपीएफले ९ खेलबाट २१ अंक बनाउँदै तालिकाको शीर्ष स्थान कायम राखेको छ। समान खेलबाट प्लानिङ ब्वाइजको १९ अंक पुगेको छ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]