
काठमाडौं। सहिद स्मारक महिला लिगअन्तर्गत दोस्रो दिनको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुआत गरेको छ।
ललितपुरस्थित च्यासल रंगशालामा बिहीबार सम्पन्न खेलमा पुलिसले चर्च ब्वाइज युनाइटेडलाई ५–० को फराकिलो अन्तरले पराजित गर्यो।
पुलिसको जितमा मिना देउवा र रेखा पौडेलले समान दुई–दुई गोल गरे भने कप्तान अमृता जौशीले एक गोल थपिन्। खेलको सुरुवातदेखि नै आक्रामक देखिएको पुलिसका लागि मिना देउवाले १२औं र १८औं मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाइन्।
पहिलो हाफको अन्त्यतिर ४२औं मिनेटमा रेखा पौडेलले गोल थप्दा पुलिस ३–० ले अघि बढ्यो। त्यसको एक मिनेट नबित्दै कप्तान अमृता जौशीले गोल गर्दै पहिलो हाफमै पुलिसलाई ४–० को मजबुत अवस्थामा पुर्याइन्।
दोस्रो हाफमा चर्च ब्वाइजले खेल सुधार्ने प्रयास गरे पनि प्रभावकारी आक्रमण गर्न सकेन। ५१औं मिनेटमा रेखा पौडेलले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसको ५–० को जित सुनिश्चित गरिन्।
यस जितसँगै नेपाल पुलिस क्लबले प्रतियोगितामा तीन अंक जोड्दै सुरुआत गरेको छ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]