Share on:

महिला लिगअनिश्चितकालका लागि स्थगित
March 19th, 2026

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक महिला राष्ट्रिय लिग २०८२ अन्तर्गतका बाँकी खेलहरू स्थगित गरेको जनाएको छ।


एन्फाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक कारण देखाउँदै लिगका खेलहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो। चैत ४ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगितामा म्याच नम्बर ५ देखि अगाडिका खेलहरू रोकिने उल्लेख गरिएको छ।


एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरद्वारा हस्ताक्षरित सूचनामा सहभागी क्लबहरू—एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एनआरटी क्लब, बागमती युवा क्लब, आरएस पोखरा एन्ड विंग्स फुटबल, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड र झापा एफसी—लाई जानकारी गराइएको छ।


लिग स्थगित भएसँगै प्रतियोगिताको आगामी तालिका अन्य सूचना आएपछि मात्रै सार्वजनिक हुने एन्फाले जनाएको छ।


लिग अन्तर्गत पहिलो दिनको खेलमा संकटा फुबटल क्लबले एनआरटीलाई ४-० ले हराएको थियो। दोस्रो खेलमा आर्मीले झापा एफसीलाई ५-० ले पराजित गरेको थियो। दोस्रो दिनको खेलमा बागमतीले आरएस पोखरालाई ५-४ ले पराजित गर्यो भने अर्को खेलमा पुलिसले चर्च ब्वाइज ५-० ले पराजित गर्यो।


Swadesh Maharjan | March 19th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya