Share on:

उपचारका लागि पर्याप्त सहयोग जुट्यो, थप रकम नपठाउन साम्बाको आग्रह
February 24th, 2026

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि रकम पुगिसकेको बताएकी छन्।


मंगलबार सामाजिक सञ्जालमार्फत उनले उपचारका लागि पाएको अपार साथ, विश्वास र आर्थिक सहयोगप्रति आभार व्यक्त गर्दै अब सहयोग रकम रोकिदिन आग्रह गरेकी हुन्। उनले पछिल्लो २४ घन्टामा पाएको माया र समर्थनलाई शब्दमा व्यक्त गर्न नसकिने बताएकी छन्।


साम्बाका अनुसार नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा करिब ४५ लाख रुपैयाँ ९५२ हजार न्युजिल्यान्ड डलर० संकलन भएको छ।


‘विभिन्न संघ–संस्था तथा प्रायोजकहरूले नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ। कतारमा उपचारका क्रममा आवास र यातायात व्यवस्थापनका लागि पनि सहयोग सुनिश्चित भइसकेको छ। त्यसैले आजैदेखि दुवै खातामा सहयोग रकम जम्मा गर्न रोकिदिन आग्रह गर्छु,’ उनले भनेकी छन्।


Swadesh Maharjan | February 24th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya