
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनलाई १–० ले पराजित गरेको छ र यससँगै उसको अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सपना बलियो भएको छ ।
खेलको एक मात्र गोल सब्टिच्युट खेलाडी बेन्जामिन सेस्कोले गरे । उनले ७१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । युनाइटेडको २७ खेलबाट ४८ अंक भएको छ र चौथो स्थानमा रह्यो ।
युनाइटेडलाई पाँचौं स्थानमा रहेको चेल्सीमाथि ३ अंकको अग्रता प्राप्त भएको छ । लिभरपुल पनि ४५ अंकमा छैटौंमा रहेको छ । यस्तो चौथो स्थानका लागि त्रिकोणात्मक होड पनि चल्ने भएको छ ।
पछिल्लो समय लय समाउन संघर्षरत एभरटन ३७ अंकमा नवौं स्थानमा रहेको छ ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]