Share on:

स्वीडेन र जर्मनी नकआउट चरणमा प्रवेश
July 9th, 2025

स्वीडेन पोल्याण्डलाई पराजित गर्दै  युरो २०२५ को नकआउट चरणमा प्रवेश गरेको छ। स्वीडेनले पोल्याण्डलाई ३-० गोलले पराजित गरेको हो। 

खेलको २८ मिनेटमा जोहाना रिटिंग कनेरिडको क्रसमा स्टिना ब्ल्याकस्टेनियसले हेड गर्दै गोल गरेको थियो। 

त्यस्तै  खेलको ५२औं मिनेटमा कोसोभारे अस्लानीले गोल दर्दैखेल २-० को अग्रता दिलाइन।

आर्सनलले हालै रिलिज गरेको लीना हर्टिगले ७७ औं मिनेटको कर्नरमा हेडर गोल गर्दै स्वीडेनको जित सुनिश्चित गरिन्।

यो जितसंगै स्वीडेन र जर्मनी ६-६  अंक रहेको छ। गोल अन्तरका कारण स्वीडेन पहिले र जर्मनी दोस्रो स्थानमा रहेको छ । जर्मनी मंगलबार डेनमार्कलाई २-१ ले पराजित गरेको थियो। 


Swadesh Maharjan | July 9th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya