
पोखरा । ५ पटकको च्याम्पियन थ्री स्टार क्लबलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी २४औं संस्करणको आहा!रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
कास्कीस्थित पोखरा रंगशालामा बिहिवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा थ्री स्टारलाई ४-० ले हराउँदै ब्ल्याक बुल्सले पुलिससँगको भेट पक्का गरेको हो।
उसका लगि कुभोनचबेक, एसिल बेक र जाप्बाजोन सप्तोर्कले समान एक गोल गरे।
खेलको २५औं मिनेटमा ब्ल्याक बुल्सका लागि गोल गर्दै सुरुआती अग्रता दिलाएका थियो।
पहिलो हाफमा १-० को अग्रता बनाए ब्ल्याक बुल्सले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।
जितसँग ब्ल्याक बुल्सले उपाधिका लागि नेपाल पुलिस क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]