
स्पेनी ला लिगामा शनिबार रियल बेटिसले भिल्लारियललाई २–० ले पराजित गरेको छ । यो तेस्रो स्थानमा रहेको भिल्लारियललाई धक्काका रूपमा रहेको छ । यो नतिजापछि भिल्लारियल ४१ अंकमा तेस्रो स्थानमा रह्यो ।
बेटिसका लागि एइटोर रुबल र पाब्लो फोर्नाल्सले दोस्रो हाफमा एक एक गोल गरे । जितले बेटिसको अर्को सिजन युरोपमा खेल्ने सम्भावना अझ बलियो भएको छ । बेटिस ३२ अंकमा छैटौं स्थानमा छ ।
शनिबारका अन्य खेलमा रियल म्याड्रिडले लेभान्टेलाई २–० ले हरायो । यस्तै रियल मार्लोकाले एथलेटिको बिलबाओ तथा ओसासुनाले रियल ओभिएडोलाई समान ३–२ को स्कोरले हरायो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]