Share on:

वडा १३ प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल च्याम्पियन
November 15th, 2025

काठमाडौँ, कात्तिक २९ गते । वडा नं १३ ले शनिबार तेस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि जितेको छ । वडा १३  पहिलो संस्करणमा उपविजेता बनेको थियो ।


वडा २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा आयोजना भएको प्रतियोगिताको फाइनलमा वडा १३ ले वडा नं ४ लाई पेनाल्टि सुटआउटमा २-० ले पराजित गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।


पेनाल्टि सुटआउटमा विजयी टिमका लागि अभय राना  र आसिस कपालीले गोल गरे । वडा नं ४ बाट पेनाल्टि सुटआउटमा गोल हुन सकेन ।


अभय फाइनलका म्यान अफ दि म्याच बने । यसैगरी वडा १३ का विकेश शाही सर्वाधिक गोलकर्ता बने । उनले कूल ७ गोल गरे । यसैगरी वडा ४ का विक्रान्त नरसिंह राना सर्वश्रेष्ठ खेलाडी र वडा १३ का विशाल शाही सर्वश्रेष्ठ गोलकपर चुनिए ।


विजेता वडा १३ ले ट्रफीसहित दुई लाख रुपियाँ प्राप्त गर्यो । उपविजेता वडा ४ टिमले एक लाख रुपियाँ प्राप्त गर्यो । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस-दस हजार रुपियाँले पुरस्कृत गरियो ।


पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए ।


समापन कार्यक्रममा आयोजक वडा १३ का अध्यक्ष  मचाराजा महर्जनले यस्ता प्रतियोगिता विगतमा केन्दीय स्तरबाट मात्र भइहेको बेला आफूहरूले धेरै मिहिनेतकासाथ बजेट निकासा गरेर यति ठुलो प्रतियोगिता गर्न सफल भएको बताउनुभयो ।


Swadesh Maharjan | November 15th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya