Share on:

टी–२० विश्वकप: एक खेल जितेको नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार
March 11th, 2026

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकपको पुरस्कार रकम सार्वजनिक गरेको छ।


कुल १ करोड १२ लाख ५० हजार अमेरिकी डलर खेलाडी पुरस्कार रकममध्ये नेपालले २ लाख ५६ हजार १५४ अमेरिकी डलर प्राप्त गरेको छ। हालको विनिमयदर अनुसार यो रकम करिब ३ करोड ७७ लाख रुपैयाँ बराबर हुन्छ।


परिषद्ले सार्वजनिक गरेको विवरण अनुसार भारतले सबैभन्दा धेरै २६ लाख ३९ हजार ४२३ अमेरिकी डलर प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको न्युजिल्याण्डले १४ लाख २२ हजार ६०२ अमेरिकी डलर पाउँदा दक्षिण अफ्रिकाले १० लाख ५ हजार ५७७ अमेरिकी डलर पाएको छ।


त्यस्तै इङ्ग्ल्यान्डले ९ लाख ७४ हजार ४२३, वेस्ट इन्डिजले ५ लाख ३८ हजार २६९, पाकिस्तानले ५ लाख २२ हजार ६९२ र जिम्बाब्वेले ४ लाख ९१ हजार ५३८ अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।


नेपालसँगै इटाली, नेदरल्याण्ड्स र संयुक्त अरब इमिरेट्सले समान २ लाख ५६ हजार १५४ अमेरिकी डलर प्राप्त गरेका हुन्।


परिषद्का अनुसार सन् २०२४ मा गरिएको पुरस्कार रकम वृद्धिलाई निरन्तरता दिँदै यसपटक कुल पुरस्कार रकम १ करोड १२ लाख ५० हजार अमेरिकी डलर पुर्‍याइएको हो।


Swadesh Maharjan | March 11th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya