
विश्व नम्बर १ खेलाडी आर्यना सबलेन्काले सोमबार नाओमी ओसाकालाई पराजित गर्दै फ्रेन्च ओपन २०२६ को क्वाटरफाइनल पुगेकी छिन् । प्रभावशाली खेल प्रदर्शन गर्दै सलेन्काले चार पल्टका ग्रान्ड स्लाम विजेता ओसाकामाथि ७–५ र ६–३ को जित दर्ता गरेकी हुन् ।
उनी ग्रान्ड स्लाम प्रतियोगिताको अन्तिम आठमा पुगेको यो लगातार १४ औं पल्ट हो । शीर्ष वरीयताको खेलाडीको स्तब्धपूर्ण हारका कारण चर्चित रहेको यसपल्टको प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ उनी मात्र ग्रान्ड स्लाम विजेता खेलाडीको चुनौती बाँकी रहेको छ । अबको चरणको खेलमा उनले रुसकी डायना सान्डेरको सामना गर्नेछिन् ।
यस्तै अर्को खेलमा पोलिस क्वालिफायर माजा चवालिन्स्काले डायना पेरिलाई ६–३ र ६–२ ले पराजित गर्दै आफ्नो सनसनीपूर्ण यात्रालाई कायम राखेकी छिन् । अब सेमिफाइनल प्रवेशका लागि उनले अना कालिनसाक्याको चुनौती सामना गर्नेछिन् ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]