Share on:

सबलेन्काले फेरि बनिन यूएस ओपन च्याम्पियन
September 7th, 2025

बेलारुसकी विश्व नम्बर १ खेलाडी आरयना सबलेन्काले आइतबार अमान्डा एनिसिमोभालाई सिधा सेटमा पराजित गर्दै यूएस ओपनको उपाधि रक्षा गरेकी छिन् । यूएस ओपनको इतिहासमा एक दशकपछि डिफेन्डिङ च्याम्पियनले उपाधि जितेको यो नै पहिलो पटक हो ।


यो उनको खेल जीवनको चौथो ग्रान्ड स्लाम उपाधि हो । एनिसिमोभाको सर्भिस गेममाथि कडा आक्रमण गर्ने रणनीति लिएकी थिइन् र यो अत्याधिक सफल पनि रह्यो । यसैक्रममा सबलेन्काले आर्थर ऐस स्टेडियममा ६–३ र ७–६ (७/३) को जित हात पारिन् ।


बेलारुसकी २७ वर्षीय खेलाडीका लागि सन् २०२५ मा कुनै ग्रान्ड स्लाम उपाधि जित्ने हो भने यो नै अन्तिम अवसरको थियो । उनी अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको फाइनलमा पराजित रहेकी थिइन् । ‘मैले ती फाइनलमा बेहोरेको हारको शिक्षा लिएकी छुं, त्यसैले आजको जितलाई म शब्दमा बयान गर्न सक्दिनं,’ खेलपछि सबलेन्काले भनिन् ।


विम्बल्डनको फाइनलमा पनि पराजित रहेकी अमेरिकी खेलाडी एनिसिमोभाले भने आफूले यसपल्टको उपाधि भिडन्तमा जितका लागि चाहिदो खेल प्रदर्शन गर्न नसकेको स्विकारिन् । उनले भनिन्, ‘आजको खेल त्यस्तो रहेन्, जसले मेरो सपना पूरा होस् ।’


Swadesh Maharjan | September 7th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya