Share on:

एभरेष्ट महिला भलिबल लिगः कर्णालीले लुम्बिनीलाई हरायो
September 6th, 2025

काठमाडौं। एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा साविक विजेता कर्णाली यशविसले लगातार दोस्रो जित निकालेको छ ।


पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको दोस्रो खेलमा कर्णालीले लुम्बिनी लाभाजलाई ३–१ को सेटमा पराजित ग¥यो । 


पहिलो सेट २३–२५ ले गुमाएको कर्णालीले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो । कर्णालीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२२ ले जित निकाल्यो । तेस्रो सेटमा कप्तान अरुणा शाही घाइते हुँदै मैदान बाहिरिएपछि लुम्बिनीले लय गुमाएको थियो ।


 कर्णालीले पहिलो खेलमा पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।


यसअघि शनिबार भएको पहिलो खेलमा ललितपर क्विन्सले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो । आजको तेस्रो तथा अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबिच हुनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।


Swadesh Maharjan | September 6th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya