
काठमाडौँ। भारतलाई सोझो सेटमा पराजित गर्दै काजाकिस्तान काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को फाइनलमा प्रवेश गरेको छ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा काजाकिस्तानले भारतलाई ३-० को सेटमा हराउँदै उपाधिनजिक पुगेको हो।
काजाकिस्तानले खेलको सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै भारतमाथि दबाब बनाएको थियो। उसले पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा २५-१७ को सहज जित निकाल्यो। तेस्रो सेटमा पनि काजाकिस्तानले आक्रामक खेल जारी राख्दै २५-१४ ले जित हात पार्दै फाइनल यात्रा तय गर्यो।
समूह बी काे उपाविजेाता बनेर सेमिफाइनलमा प्रवेश गरेकाे काजाकिस्तानले फाइनलमा सहज जित दर्ता गर्याे यता, भारत भने समूह ए काे विजेता बन्दै सेमिफाइनलकाे यात्रा तय गरेकाे थियाे।
अब काजाकिस्तानले उपाधिका लागि फाइनलमा नेपाल र इरानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]