Share on:

राखेप सदस्य-सचिव घिसिङद्वारा भलिबल टिमको प्रशिक्षण अवलोकन
September 19th, 2025

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण रहेका महिला भलिबल टोलीको प्रशिक्षण अवलोकन गरेका छन्। 


शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भइरहेको प्रशिक्षणको अवलोकन गर्दै सदस्य–सचिव टंकलाल घिसिङले उच्च मनोबलका साथ प्रशिक्षण गर्न खेलाडीको हौसला बढाएका थिए।


सोही अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले श्रीलंकामा हुने काभा यु–१९ भलिबल प्रतियोगिताको तयारीमा रहेका खेलाडीलाई पनि सफलताका लागि शुभकामना दिएका छन्।


यस्तै, गत भदौ २३/२४ गते काठमाडौं भएको जेनजी प्रदर्शनको कारण काभा महिला भलिबल लिग स्थगित भएको थियो।


Swadesh Maharjan | September 19th, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya