Share on:

एसीसी यू–१९ प्रिमियर कप : उपाधिका लागि नेपाल र युएई भिड्दै
December 1st, 2025

काठमाडौँ । एसीसी पुरुष यू–१९ प्रिमियर कपको फाइनल आज नेपाल र युएई भिड्दै छन्। नेपाली समयअनुसार बिहान १०स्४५ बजेदेखि सुरु हुनेछ।   


सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेर फाइनलमा पुगेको हो भने युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। फाइनलमा पुगेसँगै नेपाल र युएई आगामी डिसेम्बरमा हुने यू(१९ एशिया कपमा छनोट भएका छन्।


त्यस्तै मलेसिया र ओमानबीच तेस्रो स्थानको खेल पनि आज नै हुँदैछ। यो खेल जित्ने टोली तेस्रो हुँदै एसिया कपमा छनोट हुनेछ।


Swadesh Maharjan | December 1st, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya