Share on:

नेपोली मिलानलाई पछ्याउँदै
December 1st, 2025

नेपोलीले इटालीको सिरी ए मा शीर्षमा रहेको एसी मिलानलाई पछ्याउने क्रममा आइतबार एएस रोमालाई १–० ले पराजित गरेको छ । खेलको एक मात्र गोल ब्राजिली खेलाडी डाविभ नेरेसले पहिलो हाफको अन्त्यतिर गरे ।


यो जितपछि नेपोलीको १३ खेलबाट २८ अंक भएको छ । मिलान उत्तिकै अंकमा गोल अन्तरले शीर्षमा छ । इन्टर मिलान २७ अंकमा तेस्रोमा छ भने पराजित रोमा भने २७ अंकमा चौथोमा रह्यो ।


इन्टरले अर्को खेलमा पिसालाई २–० ले हराएको हो । त्यसमा दुवै गोल लउतारो मार्टिनेजले ६९ र ८३ औं मिनेटमा गरे । अन्य खेलमा लेसले टुरिनोलाई २–१ र एटलान्टाले फियोरेन्टिनालाई २–० ले हरायो ।


Swadesh Maharjan | December 1st, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya