Share on:

चेल्सी र आर्सनलको बराबरी
December 1st, 2025

दस खेलाडीमा सीमित चेल्सीले इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई १–१ को बराबरीमा रोकेको छ । स्टायनफोर्ड ब्रिजमा भएको लन्डन डर्बीको यो नतिजापछि आर्सनलको १३ खेलबाट ३० अंकमा शीर्षमा रह्यो ।


त्यसपछि म्यानचेस्टर सिटीको २५ र चेल्सीको २४ अंक छ । चेल्सीले मोइस काइसेडोलाई रातो कार्डमा पहिलो हाफमा गुमाएको थियो । दोस्रो हाफमा ट्रेभोह चालोबहले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।


त्यसपछि मिखेल मेरिनोले आर्सनलका लागि बराबरी गोल फर्काए । भिल्लाले अर्को खेलमा उल्भ्सलाई १–० ले हरायो र २४ अंकमै चौथो स्थानमा रह्यो ।


अन्य खेलमा लिभरपुलले वेस्ट ह्यामलाई २–०, ब्राइटनले नटिंघम फरेस्टलाई २–० र म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसलाई २–१ ले हरायो ।


Swadesh Maharjan | December 1st, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya