Share on:

रियल बार्सिलोनाको पछाडि
December 1st, 2025

रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा बार्सिलोनालाई उछिनेर शीर्षमा उक्लने अवसर खेर पठाएको छ । जिरोनाले रियललाई १–१ को बराबरीमा रोकेको हो । एक गोलले पछाडि रहेको स्थितिमा केयलिन एमबापेले पेनाल्टीबाट गोल गरेका हुन् ।


जिरोनाले आफ्नो घरेलु मैदानमा एजेडिन आनाहीको गोलले पहिलो हाफको अन्त्यतिर अग्रता लिएको थियो । यो बराबरीपछि रियलको १४ खेलबाट ३३ अंक भएको छ र दोस्रो स्थानमा छ । बार्सिलोनाले उत्तिकै खेल खेलेर ३४ अंकमा शीर्षमा रहेको छ ।


शीर्ष चारमा  भिल्लारियलको ३२ र एटलेटिको म्याड्रिडको ३१ अंक छ । भिल्लारियलले अर्को खेलमा रियल सोसिडाडलाई ३–२ ले पराजित गर्‍यो । यस्तै रियल बेटिसले सेभियालाई २–० र इस्पनयोलले सेल्टा भिगोलाई १–० ले हरायो ।


Swadesh Maharjan | December 1st, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya