
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमान र संयुक्त अरब इमिरेट्सविरुद्ध घरेलु मैदानमा हुने त्रिकोणात्मक शृंखलाका लागि २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।
क्यानले फागुन २६ गतेदेखि चैत ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने शृंखलाका लागि रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो।
प्रारम्भिक टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, आरिफ शेख, बशीर अहमद, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, शाहब आलम, शेर मल्ल, इशान पाण्डे, आकाश चन्द र हेमन्त धामी रहेका छन्।
यस शृंखलामा नेपाल, ओमान र संयुक्त अरब इमिरेट्सले एक–अर्काविरुद्ध दुई–दुई एकदिवसीय खेल खेल्नेछन्।
हाल लिग–२ को अंकतालिकामा नेपाल २० खेलबाट ५ जित र १३ हारसहित १२ अंक जोड्दै सातौँ स्थानमा रहेको छ। ओमान समान खेलबाट २४ अंकसहित चौथो स्थानमा रहँदा संयुक्त अरब इमिरेट्स १० अंकसहित पुछारमा रहेको छ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]