Share on:

दुई पटक अग्रता लिए पनि जित जोगाउन सकेन एपीएफ
February 28th, 2026

काठमाडौं। एपीएफ क्लब दुई पटक अग्रता बनाए पनि जित सुरक्षित राख्न नसक्दा नेपाल पुलिस क्लब सँग अंक बाँड्न बाध्य भएको छ।


रोमाञ्चक प्रतिस्पर्धामा एपीएफका लागि प्रदिप लामाले दुवै गोल गरे भने पुलिसकाे तर्फबाट ओसेन्द्र कटुवाल र शिशिर चौधरीले समान एक–एक गोल गरे।


पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो। खेलको १०औँ मिनेटमा प्रदिप लामाको गोलमार्फत एपीएफले अग्रता लिएको थियो। तर २७औँ मिनेटमा शिशिर चौधरीले गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्‍याएका थिए।


दोस्रो हाफमा पनि एपीएफले अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा खेल २–२ को बराबरीमा टुंगिएको हो।


यो बराबरीसँगै एपीएफले ८ खेलबाट २२ अंक जोड्दै शीर्ष स्थान कायम राखेको छ भने पुलिसको समान खेलबाट ८ अंक पुगेको छ।


Swadesh Maharjan | February 28th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya