
काठमाडौं। श्री भगवती क्लबले एन्फा राष्ट्रिय लिगअन्तर्गत प्रभावशाली प्रदर्शन गर्दै फराकिलो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा श्री भगवतीले काक्रेबिहार क्लबलाई ६–० गोलले पराजित गर्दै आधा दर्जन गोलको वर्षा गरेको हो।
श्री भगवतीको शानदार जितमा सुजन डंगोलले ह्याट्रिक पूरा गरे। त्यस्तै शिशिर लेखी र दिव उराउले समान एक–एक गोल थप्दै टोलीको जित सुनिश्चित गरे। खेलभर आक्रामक देखिएको श्री भगवतीले सुरुआतदेखि नै दबाब सिर्जना गर्दै विपक्षी रक्षापंक्तिलाई कमजोर बनाएको थियो।
यस जितसँगै श्री भगवतीले आठ खेलबाट आठ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ। पराजित काक्रेबिहार भने समान खेलबाट एक अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा सीमित रहेको छ।
Comments
No comments yet.
Top Headlines

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]