Share on:

उल्भ्सको सिजनकै दुर्लभ जित
February 28th, 2026

उल्भ्सले इंग्लिस प्रिमियर लिगमा शनिबार दुर्लभ सिजनको दोस्रो जित निकालेको छ । यसका लाथि यसले एस्टन भिल्लालाई घरमा २–० ले हरायो । उल्भ्सका लागि जाओ गोमेजले पहिलो गोल गरेपछि रोड्रिगो गोमेजले दोस्रो गोल थपे ।


वर्षाले प्रभावित खेलमा भिल्लाको प्रदर्शन कमजोर रह्यो । जनवरीमा वेस्ट ह्यामलाई हराएयता उल्भ्सले अहिले तीन अंक बटुलेको हो । यो नतिजापछि उल्भ्स १३ अंकमा अन्तिम स्थानमा छ र अर्को सिजन दोस्रो डिभिजना खेल्ने बाटोमा छ ।


भिल्ला भने ५१ अंकमा तेस्रो स्थानमा रह्यो । यो पाँचौमा रहेको चेल्सी र छैटौंमा रहेको लिभरपुलमाथि ६ अंकको अग्रता हो । उल्भ्समाथि जित निकालेको भए भिल्लाले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने अझ सम्भावना बलियो हुने थियो ।


Swadesh Maharjan | February 28th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya