Share on:

गुजरातको जितले प्ले अफ समीकरण रोमाञ्चक
May 4th, 2026

गुजरात टाइटन्सले आइबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा शीर्ष स्थानको पंजाव किंग्सलाई चार विकेटले हराएको छ र यससँगै शीर्ष चारमा रहेर प्ले अफ पुग्ने समीकरण रोमाञ्चक भएको छ ।


एक बलको खेल बाँकी छँदा गुजरात जितसम्म पुगेको हो र अब उसको १२ अंक भएको छ र पाँचौं स्थानमा रह्यो । पंजाव भने १३ अंकमा पहिलो स्थानमै छ । उसको पछाडि रोयल च्यालेर्न्ज बेंगलुरु, सनराइज हैदरावाद र राजस्थान रोयल्सको समान १२ अंक छ ।


अहमदावादमा भएको खेलमा पंजावले पहिले ब्याटिङ गर्दै नौ विकेटमा १ सय ६३ रन बनायो । त्यसमा सूर्याश सेड्गेले ५७ र मार्कस स्टोइनसले ४० रन बनाए ।


जवाफमा गुजरातले साई सुदर्शनको ५७ र वासिंटन सुन्दरको ४० रनको मदतले १९.५ ओभरमा छ विकेट गुमाएर १ सय ६७ रन बनायो ।


Swadesh Maharjan | May 4th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya