
कोनोर ग्यालिघर र रिचार्लिसनले पहिलो हाफमा गरेको गोलको मदतले टोटनहमले इंग्लिस प्रिमियर लिगमा आइतबार एस्टन भिल्लालाई २–१ ले हराएको छ र यससँगै रेलिगेसन क्षेत्र छाडेको छ ।
टोटनहमको ३७ अंक भएको छ र १७ औं स्थानमा उक्लिन सफल रह्यो । वेस्ट ह्याम भने ३६ अंकमा १८ औं स्थानमा झरेको छ । यसअघिको खेलमा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई ३–२ ले पराजित गर्दै अर्को सिजन युरोपेली च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।
युनाइटेडको यो जितपछि ६४ अंक भएको छ र तेस्रो स्थानमा रह्यो । लिभरपुल भने ५८ अंकमा चौथो स्थानमा रहेको छ । यस्तै अर्को खेलमा बर्नमाउथले क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गर्न सफल रह्यो ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]