Share on:

इन्टर बन्यो इटालीको च्याम्पियन
May 4th, 2026

मार्कस थुराम र हेनरिक मखाटेरियनको एक एक गोलको मदतले इन्टर मिलानले आइतबार पार्मालाई २–० ले पराजित गर्दै इटालीको च्याम्पियन भएको छ । पछिल्लो छ सिजनमा इन्टरले इटालीको सिरी ए को उपाधि जितेको यो तेस्रो पल्ट हो ।


लिगमा अब तीन चरणका खेल मात्र बाँकी छन् र इन्टरलाई दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्यिन नेपोलीमाथि १५ अंकको निर्णायक अग्रता प्राप्त भएको छ । अब लिगका बाँकी खेलमा जस्तै नतिजा आएपछि कसैले इन्टरलाई उछिन्न सक्ने छैन् ।


इन्टरको ८२ अंक भएको छ भने उसको पछाडि नेपोलीको ७० र एसी मिलानको ६७ अंक भएको छ । अब इन्टरले अर्को साता कोपा इटालियाको फाइनलमा लाजियोको सामना गर्दैछ र उससामु कप डबल गर्ने अवसर हुनेछ ।


Swadesh Maharjan | May 4th, 2026

Comments

No comments yet.

Copyright © Nepalsports 2026

Powered by:tech himalaya